३१ भदौ २०८१, सोमबार | September 17, 2024

साँढेको जुढाईमा किचिएर बुटवलमा एक महिलाको मृत्यु



बुटवल । बुटवलमा छाडा चौपाया नियन्त्रणको अनेकन उपाय गरिएपनि सडकमा साँढे आतंक रोकिएको छैन । उपमहानगरका प्रमुख स्थानबाट अभियान नै चलाएर छाडा चौपाया शिवनगरको गौशालामा पुर्याइएपनि नगर भित्र छाडा चौपाया थपिने क्रम रोकिएको छैन ।

बुटवलमा पछिल्लो घटनाकारुपमा सांढेको आक्रमणमा परि एक महिलाको ज्यान गएको छ । साँढेको जुढाईमा परेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

गुल्मीको रेसुंगा नगरपालिका ४ घर भई बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बस्दै आएकी सीताले पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।

गत साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

छाडा दुई साँढे बिच सडकमा जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेले कुल्चिएपछि गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको सीताको गत २४ गते मृत्यु भएको हो ।

बुटवल उपमहानगरले बुटवल ७ स्थित शिवनगर सामुदायिक वनभित्र गौशाला बनाई छाडा चौपाया राख्ने गरेपनि हरेक दिन बुटवलमा अन्यत्रबाट नयाँ नयाँ छाडा चौपाया भित्रिने क्रम रोकिएको छैन । सिमावर्ती अन्य पालिकाहरुबाट हरेकदिन बुटवलमा नयाँ चौपाया थपिने गरेको बुटवल उपमहानगरले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सीताको निधनको खबरले आफु स्तब्ध भएको बताए । उनले उपमहानगरले निरन्तर प्रयास गरेपनि बाहिरबाट छाडा चौपाया भित्रने क्रम नरोकिएको बताए । ‘सकियो कि भन्यो, फेरि थपिन्छ । सकियो कि भन्यो फेरि थपिन्छ,’ उनले भने, ‘हरेक दिन गौशालामा चौपाया पु¥याएपनि बजारमा थपिने क्रम रोक्न सकिएन ।’

बुटवलमा छाडा चौपाया नियन्त्रण नहुँदा सडकमा सवारी साधन दुर्घटनाको समेत जोखिम बढ्दै गएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १० : १४ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित