११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूचीसहित)

पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा बागचन्द



काठमाडौं । न्याय परिषद्ले आज बसेको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले डा बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार उच्च अदालत पोखराका न्यायाधीस राजनप्रसाद भट्टराईलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सरुवा सिफारिस गरिएको छ ।

३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

परिषद्को बैठकले न्याय सेवाबाट २५, सरकारी वकिलबाट छ र कानुन सेवाबाट चारजना गरी ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

परिषद्को जिल्ला न्यायाधीशमा सिफारिस गरेका जिल्ला न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले नियुक्तिका लागि गर्ने संवैधानिक व्यवस्था रहेको छ । हाल सर्वोच्च अदातमा चार तथा उच्च अदालतमा १० न्यायाधीशको पद रिक्त रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ८ : ५६ बजे

प्राइम बैंक बुटवलमा रक्तदान कार्यक्रम

बुटवल । बुटवल पाल्पा रोडमा रहेको प्राइम कमर्शियल बैंकमा रक्तदान

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

झापा । झापामा गए रातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा

नारायणगढ-मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने

चितवन । अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौं । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा आज “चाड पर्व लक्षित दुर्घटना