३१ भदौ २०८१, सोमबार | September 17, 2024

स्वास्थ्य मन्त्री पौडेलबाट खजुरा क्यान्सर अस्पतालको अनुगमन, यसैवर्षबाट सरकारी दरबन्दी स्वीकृत गर्ने प्रतिबद्धता



खजुरा । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उपलब्ध भएका उपकरणहरु समयमा मरमत भएर संचालनमा आउन नसक्नु दुःखको विषय भएको बताएका छन् । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको अवलोकन निरीक्षण पछि बोल्दै मन्त्री पौडेलले बिग्रेका उपकरणहरु समयमा मरमत नगरे अन्य पुराना सरकारी अस्पताल जस्तै हुने बताए ।

अस्पताल यती व्यवस्थित रहेको बारे आफुलाई थाहा नभएको बताउँदै पौडेलले आफुले सोँचे भन्दा अस्पताल राम्रो पाएको बताए । ‘नयाँ छ, अहिले नै बिग्रेका उपकरण राम्ररी मेन्टेन नगरे अरू सरकारी अस्पताल जस्तै हुन्छ ।’ उनले भने । मन्त्री पौडेलको संकेत ४ महिना पहिले आगलागीबाट समान्य क्षति पुगेको सिटी स्क्यान र मेमोग्राफी अझै चल्न नसकेको प्रति केन्द्रीत थियो ।

उनले ओ एन एम र जनशक्तिका विषयमा चिन्ता नगर्न अस्पताल प्रशासनलाई आग्रह गर्दै जनताको सेवा दिनेमा ध्यान केन्द्रीत गर्न निर्देशन दिए । उनले यसै आर्थिक वर्षमा अति आवश्यक दरबन्दी स्वीकृत गरिने प्रतिबद्धता ब्यक्त गर्दै अस्पताललाई यसै वर्षबाट निजामती कितावखानामा समेत सूचीकृत गरिने बताए ।

आवश्यक जनशक्ति मन्त्रालयले तुरुन्त ब्यवस्था गर्ने जानकारी दिँदै मन्त्री पौडेलले भौतिक पूर्वाधारमा भने सरकार लगानी गर्न सक्ने अवस्थामा नरहेको स्पष्ट पारे । उनले प्राप्त उपकरण र भौतिक पूर्वाधारमा अधिकतम सेवा दिन अस्पताल प्रशासनलाई आग्रह गरे । ‘चाहिएजति नदिएपनि अति आवश्यक न्युनतम जनशक्ति पूरा हुन्छ ।’ उनले भने ।

उनले अस्पतालको तत्कालिन आवश्यकताहरुका विषयमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न विकास समितिका पदाधिकारीलाई अनुरोध गरे ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेलले ओ एन एम यसै आर्थिक वर्षमा स्वीकृत गरिने बताउँदै आफुहरु फर्के लगत्तै रिक्त रहेको रेडियोलोजीस्ट र मेडिकल अंकोलोजिस्ट पठाउने प्रतिबद्धता ब्यक्त गरे । ‘ढुक्क हुनुस् सरकारी दरबन्दी यसैवर्षबाट स्वीकृत हुन्छ ।’ उनले भने । उनले भाद्र महिना भरिमा बिग्रेका उपकरण मरमत गर्न र लिन्याक मसिन संचालन गर्न अस्पताल प्रमुखलाई निर्देशन दिए ।

अस्पताल अवलोकनमा पुगेका मन्त्री पौडेल सहितको टिमलाई स्वागत गर्दै अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाश प्रसाद साहले भाद्र महिनाभरीमा सिटी स्क्यान र लिन्याक मसिन संचालन हुने जानकारी दिए । उनले अस्पतालमा स्थायी र अस्थायी दरबन्दी नहुँदा समस्या भएको बताउँदै ओ एन एम स्वीकृत गरेर सरकारी दरबन्दी ब्यवस्थापन गरिदिन मन्त्रीसँग आग्रह गरे । मन्त्रालय अन्तर्गत आफु दशौं तहको स्थायी कर्मचारी भएपनि अस्पताल आएपछि आफ्नो रेकर्ड निजामती कितावखानमा नभएको गुनासो गरे । संघीय सरकारले पूर्ण स्वामित्वमा लिएर पनि अहिले सम्म अस्पताललाई निजामती कितावखानामा सूचकिृत नभएको उनले बताए ।

उनले अस्पतालमा रहेको ७० शैयाले धान्न सक्ने अवस्था नरहेको बताउँदै अस्पताललाई १ सय शैयाको स्तर उन्नती, थप आपिडी भवन र चिकित्सक कर्मचारी आवास आवश्यक रहेको उनले बताए ।

क्यान्सर उपचारमा मुख्य मानिने लिन्याक मसिन अस्पतालमा २ वर्ष पहिले आएपनि हाल सम्म संचालन हुन सकेको छैन । मसिन संचालनमा नआउँदै अस्पतालका तत्कालिन प्रशासनबाट रकम भुक्तानी भएको र मसिनको गुणस्तरियताका विषयमा विबाद उठेपछि मसिन चल्न नसकेको अस्पताल स्रोतले जनाएको छ ।

उनले अस्पतालमा रहेको ७० शैयाले धान्न सक्ने अवस्था नरहेको बताउँदै अस्पताललाई १ सय शैयाको स्तर उन्नती, थप आपिडी भवन र चिकित्सक कर्मचारी आवास आवश्यक रहेको उनले बताए ।

मन्त्रीसँग प्रतिनिधिसभा सदस्य आशा बिक, भेरी अस्पतालका अध्यक्ष बिरेन्द्र शाह, निमित्त मेसु डा. प्रकाश थापा, प्रखर परोपकार मिकनका अध्यक्ष महेन्द्र मल्ल, कांग्रेस बाँकेका सभापति नारायण गौडेल लगायतको उपस्थिती रहेको थियो । अस्पताल प्रवेश गरे लगत्तै मनत्री पौडेलले वार्डहरुमा पुगेर बिरामी र बिरामीका कुरुवाहरुसँग अस्पतालबाट प्राप्त सेवाका बारेमा जानकारी लिएका थिए ।

मन्त्रीसँग प्रतिनिधिसभा सदस्य आशा बिक, भेरी अस्पतालका अध्यक्ष बिरेन्द्र शाह, निमित्त मेसु डा. प्रकाश थापा लगायतको उपस्थिती रहेको थियो । अस्पताल प्रवेश गरे लगत्तै मनत्री पौडेलले वार्डहरुमा पुगेर बिरामी र बिरामीका कुरुवाहरुसँग अस्पतालबाट प्राप्त सेवाका बारेमा जानकारी लिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : २८ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित