२८ मंसिर २०८२, आइतबार | December 15, 2025

मौलिक तीज भाका ‘हाई मेरो मायालु…’ सार्वजनिक (भिडियोसहित)



बुटवल । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गायक नारायण वी.पी. परियार र गायिका विष्णु श्रीपालीले नयाँ तीज भाका ‘हाई मेरो मायालु…’ बजारमा ल्याएका छन् ।

पछिल्लो समय तीज गीत झड्किलो र मौलिकतानै मासिने खालको आएका भन्दै आलोचना भैरहेका बेला दर्शक तथा श्रोतालाई फरक स्वाद दिने गरी गीत ल्याएको गायक परियारले दाबी गरे । मौलिक भाका तथा शब्द संकलनसहित तयार पारिएको गीत तथा म्युजिक भिडियोको शुक्रबार एक समारोहका बीच विमोचन गरिएको हो ।

नेपाली मौतिकता र परम्परालाई काम राख्दै शिव हमालको लय तथा शब्दमा रहेका गीतले दर्शक श्रोताको माया पाउने गायक परियारले विश्वास व्यक्त गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष गायक दिपु मगरले गीतको म्युजिक भिडियो विमोचन गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

गीतका लागि सिवा खनाल, कल्पना परियार तथा सोनी सुनारले समेत स्वरमा साथ दिएका छन् । स्मृती मिमिल्सिना ‘गुरुमा’को निर्देशन तथा कोरियोग्राममा तयार पारिएको म्युजिक भिडियोका लागि कलाकार रायन बस्याल र सोनी सुनारको अभिनय रहेको छ । नविन घर्ती मगरको सम्पादन रहेको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् । म्युजिक भिडियो गायिका विष्णु श्रीपालीको यूटुव च्यानलमा हेर्न तथा सुन्न सकिन्छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : ०५ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर