काठमाडौं । विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बिलहरु लेखा समितिमा पठाउने निर्णय गरेसँगै डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रहेका चार उद्योगको बक्यौता रकम हर्जाना सहित तिरेका छन् । रुपन्देहीको यशोदा फुड्स, जयदुर्गा प्लास्टिक, सोना प्योकजिङ र सोना पोलिमर्सले डेडिकेटेड र ट्रंकलाइन बापत खपत गरेको बिजुलीको बक्यौता हर्जाना सहित तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यशोदा फुट्सले चार लाख २५ हजार २३१, जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२, सोना प्याकेजिङले तीन लाख ५५ हजार ६६ र सोना इन्ड्रस्टिजले तीन लाख ४६ हजार ३८९ रुपैयाँ तिरेको हो । २५ प्रतिशत जरिवानासहित ०७२ माघदेखि ०७५ वैशाखसम्म प्रयोग गरेको बिजुलीको बक्यौता उद्योगीले तिरेका प्राधिकरणले जनाएको छ ।
डेडिकेटेड तथा ट्रंकलाइन विवादमा संसद्को सार्वजनिक लेखा समितिले प्राधिकरणसँग प्रमाण मागिरहेका बेला उद्योगीले बक्यौता तिर्न थालेका हुन् । लेखा समितिमा यसअघि तीनपटक छलफलपछि त्यसबारे प्राधिकरणसँग सबै प्रमाण मागिएको थियो । प्राधिकरणले आजै झण्डै ७० पृष्ठ लामो डेडिकेटेड तथा ट्रंकलाइनको बिल तथा त्यस सम्बन्धि प्रमाणहरु लेखा समितिमा पठाएको छ ।
प्रतिक्रिया