काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठकमा समसमायिक राजनीतिक घटनाक्रमसँगै महासमितिको बैठकले पारित गरेका एजेण्डा कार्यान्वयनका विषयमा छलफल हुने जनाइएको छ ।
पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुनेछ । महासमिति बैठक पछि केन्द्रीय समितिको बैठक बसेपनि अन्य राजनीतिक घटनाक्रममा छलफल गर्दै महासमितिको निर्णय कार्यान्वयका बिषयमा छलफल हुन सकेको थिएन ।
प्रतिक्रिया