२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्रसचिवको जोड



काठमाडौं । नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा भाग लिन ओमानको राजधानी मस्कट पुगेकी परराष्ट्रसचिव सेवा लम्सालको अध्यक्षतामा मङ्गलबार मध्यपूर्व एसियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत, श्रम काउन्सेलर एवं श्रम सहचारीलगायत नियोगमा कार्यरत कर्मचारीको उपस्थितिमा श्रव्यदृश्यका माधयमबाट बैठक आयोजना गरियो ।

उक्त बैठकमा अनलाइन मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, व्यापार, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धन, नेपाली नियोगमा स्रोत-साधनको व्यवस्थापनबारे विस्तृत रूपमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

त्यस अवसरमा परराष्ट्रसचिवबाट डिजिटल सुशासन लागू गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणको अनलाइन प्रक्रियालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सचिव लम्सालले निर्देशन दिइन । साथै श्रमिकका समस्या समाधान गरी वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन सबैको सार्थक भूमिका हुनुपर्ने बताउँदै उनले आर्थिक कूटनीति प्रवर्द्धनका लागि सक्रियातापूर्वक लाग्न निर्देशन दिइन ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ०९ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको