८ आश्विन २०८१, मंगलबार | September 24, 2024

एसइईको ग्रेड वृद्धि परीक्षा आजदेखि



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा आज देखि हुदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै छन् । परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अंग्रेजीमा एक लाख एक हजार ३८३ जनाले एनजी ल्याएका छन् भने सात हजार ९७५ जना अनुपस्थित थिए । एनजी आउनेमा सबै भन्दा बढी अनिवार्य गणितमा छन् । बोर्डका अनुसार एक लाख ७७ हजार ९८५ जनाको गणितमा एनजी आएको छ । विज्ञानमा एक लाख २६ हजार रहेका छन् ।

यस अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा नन ग्रेड आएका र एसइइ परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि यो परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार ३१३ जना भए पनि दुई लाख ९ हजार ७४० मात्रैले यस परीक्षामा  सहभागी हुन फारम भरेका छन् ।

एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड आएपछि चौतर्फी आलोचना भएपछि सरकारले सबै विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो ।

परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : ०४ बजे

कराँतेमा ऐतिहासिक पदक विजेता एरिका स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ

त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको

ललितपुरमा भेटियो नक्कली घ्यू कारखाना, अनुगमनका तात्यो खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग

काठमाडौं । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित

नेपालको ब्याटिंग कमजोर हुनुमा जिम्मेवार को ?

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले यसका

पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ