३१ भदौ २०८१, सोमबार | September 16, 2024

कार्यालय खुल्नु पहिले र कार्यालय बन्द भएपछि चल्छ वडाको ‘सरकारी सर्वर’, सेवाग्राहीलाई सास्ती



खजुरा । बाँकेको खजुरा स्थित वडा कार्यालयहरुको सर्वर नचलेपछि सेवाग्राहीहरुले सास्ती खेप्ने गरेका छन् । साउन महिनामा सामाजिक सुरक्षा भत्ताका लागि नविकरण गर्न आउने सेवाग्राहीहरुले सर्वर नचल्दा पटक पटक वडा कार्यालय धाउन बाध्य बनेका छन् ।

बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ की धनकुमारी उपाध्यायले ५ दिन वडा कार्यालय कुरेपछि मात्र आफ्नो सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण भएको बताइन् । हरेकदिन सर्वर नचलेको भन्दै दिनभरी कार्यालय कुर्ने र साँझ फर्कनु परेको उनले बताइन् । खजुराकै वडा नम्बर ३ मा एकल महिलाको भत्ता बुझ्दै आएकी विजय लक्ष्मी श्रेष्ठले पनि ६ दिन पछि मात्र आफ्नो कार्ड नविकरण भएको बताइन् । दिनभरी सर्वर नचलेपछि कर्मचारीहरुले प्रतिक्षा गराउने र घर फर्काउने गरेको उनले बताइन् ।

सरकारी सर्वर अधिकांस समय डाउन हुने, नचल्ने र चलेपनि अत्यन्तै सुस्त गतिमा चल्ने गरेको वडा कार्यालयका सचिव युवराज आचार्यले बताए । बिहान र साँझको समयमा सर्वर चलेपनि दिउँसोको समयमा सर्वर नचल्दा सेवाग्राहीलाई सेवा दिन असहज भएको उनले बताए । कार्यालय समय सुरु नहुँदै वा बन्द भएपछि चलेपनि कार्यालयमा सेवाग्राही आउने समयमा नचल्दा सेवा लिन आउने जेष्ठ नागरिकहरुले दुःख पाउने गरेको उनको भनाई छ ।

वडा सचिव आचार्यले कार्यालयमा आउने सेवाग्राहीलाई बिहान कार्यालय खुल्दाखुल्दै आउन वा बन्द गर्नेबेलामा आउन सल्लाह दिने गरेका छन् । बिहान र बेलुकाको समयमा सर्वर अलि छिटो चल्ने भएकाले कतिपयलाई त्यसरी बोलाउने गरेको आचार्यले बताए ।

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगरेपनि वडामा काम गराउन जानेहरुसँग राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य माग्ने गरिएको एकजना सेवाग्राहीले गुनासो गरे । वडा सचिव आचार्यले भने सरकारले अनिवार्य नगर्नु भन्ने परिपत्र गरेपनि सर्वरमा भने ३ दिन पहिले मात्र बिकल्पमा हस्त रेखाको प्रमाणिकरणको विकल्प दिएको बताए । ‘राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने परिपत्र आएपनि परिचयपत्र नहाल्दा सम्म सवमिट नहुने समस्या थियो,’ उनले भने, ‘३ दिन पहिलेबाट मात्र त्यसको विकल्प सर्वरमा देखिएको छ ।’ पुसबाट अनिवार्य गर्ने गरि सूचना आएकाले भएकाहरुको परिचयपत्र नम्बर माग्ने गरिएको उनले बताए ।

सरकारले संचालन गरेको सर्वरको क्षमता कमजोर भएका कारण सेवाग्राहीको चाप भएका बेला ‘डाउन’ हुने वा नचल्ने भएको हुन सक्ने सूचना प्रबिधि विज्ञहरुले बताएका छन् । सर्वर नचलेका कारण जेष्ठ नागरिक र असक्त र कमजोर स्वास्थ्य अवस्था भएका नागरिकले दुःख पाएको खबर देशैभरीबाट आएपनि संघीय सरकारले त्यस सम्बन्धमा चासो देखाएको छैन ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ५ : १७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित