३ पुस २०८१, बुधबार | December 18, 2024

हिंसात्मक प्रदर्शनका बीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन राजीनामा, देशबाट पलायन



काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले पदबाट राजीनामा दिएकी छिन् ।

आरक्षण र कोटा विरोधी विद्यार्थी आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री हसिनाले आज पदबाट राजीनामा दिएकी हुन् । उनले राजीनामा दिएसँगै देश छोडेकी छिन् । देश छोड्ने क्रममा उनकी बहिनी शेख रहना पनि संगै गएकी छिन् ।

राजधानी ढाकामा हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए ।
आरक्षण विरोधी आन्दोलन सोमबार थप चर्किएको छ । सो आन्दोलनका क्रममा सयौं प्रदर्शनकारीको मृत्यु भैसकेको छ ।

प्रधानमन्त्रीले देश छोडेपछि बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग पछिल्लो अवस्थाबारे छलफल गर्न लागेको बीबीसी बांग्लाले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ३४ बजे

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

काठमाडौं । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले

भालुवाङमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भालुवाङ । दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा

पोखरामा पहिलाे पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव गरिने

पोखरा । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन पोखरामा बिवाइडी