३१ भदौ २०८१, सोमबार | September 17, 2024

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

आज प्रदेश प्रमुखले मियाँले आइतबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “माननीय मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मिति २०८१/४/१८ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि यही साउन २० गते बेलुका ५ बजे भित्र दाबी पेस गर्न आह्वान गर्नुभएको छ”, विज्ञप्तिमा भनिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज पदबाट राजीनामा दिएका थिए । उनले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीको पदबाट प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा दिएका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आजै बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले आफूले मार्ग प्रशस्त गरेको घोषणा गरेका थिए । प्रदेशसभा र प्रदेश सरकारका कारणले नभई राष्ट्रिय राजनीतिले यस्तो घटना भएको बताउँदै उनले यसअघि सत्तापक्षमै रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का आर्थिक मामिला मन्त्रीबाट आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत भइसकेपछि त्यसलाई अलपत्र छाडिएको आरोप लगाए । मुख्यमन्त्रीले प्रदेश सरकार र प्रदेशसभालाई बलियो बनाउने काममा सबै दल लाग्नुपर्ने जोड दिए ।

बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रस्ताव पेस गर्न मुख्यमन्त्रीले अनुमति प्राप्त गरेर पनि प्रस्ताव पेस नगरिएकाले उक्त प्रस्ताव स्वतःनिस्कृय भएको घोषणा गरे ।

सत्तासमीकरण फेरिएसँगै एमाले सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको असार २० गतेबाट अल्पमतमा परेका थिए । उनी एक सय पाँच दिनसम्म मुख्यमन्त्री पदमा रहे । एमालेका ११, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्तिका दुई, स्वतन्त्र एक सदस्यको समर्थनमा गएको वैशाख ६ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

पछिल्लो आमनिर्वाचनपछि गठन भएको सुदूरपश्चिम प्रदेशसभाले हालसम्म तीन मुख्यमन्त्री फेरबदल गरिसकेको छ । अब चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया सुरु भएको छ । सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन सकेको छैन । योसँगै प्रदेश सरकारको यही साउन १ गतेदेखि राजस्व सङ्कलन तथा खर्च गर्ने लगायतका गतिविधि ठप्प छन् ।

प्रस्तुत बजेटमाथि प्रदेशसभामा छलफल गर्न ढिलाइ भइरहँदा असार २० गते मुख्य सत्ता साझेदार एमाले सरकारबाट बाहिरिएपछि बजेट अलपत्र पारित हुननसकेको हो । एमाले बाहिरिएसँगै मुख्यमन्त्रीले अध्यादेशमार्फत् बजेट ल्याउने प्रयास स्वरूप असारको अन्तिम हप्तामा वर्षे अधिवेशन ९बजेट अधिवेशन० अन्त्य गर्न सिफारिस गरेका थिए । त्यसपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको प्रयास भइरहँदा प्रतिपक्षी एमाले र नेपाली कांग्रेसले विषेश अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष लिखित माग गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : २५ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित