३१ भदौ २०८१, सोमबार | September 17, 2024

लुम्बिनी प्रदेशमा मन्त्रीहरुले पाए जिम्मेवारी



बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ । मन्त्री बनेका आठ सांसदहरुले मन्त्री बनेको १० दिनपछि जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले यहि साउन ९ गते शपथ लिएका थिए ।

सरकारले प्रदेश प्रमुख हटाएर नयाँ नियुक्तको सिफारिस गरेपछि मन्त्रीको जिम्मेवारी तोक्ने विषय ढिलाई भएको थियो । शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन भएको हो ।

कार्य विभाजनमा बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालय, भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, दिनेश पन्थीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना, सरोज थापालाई शहरी विकास र प्रचण्डविक्रम न्योपानेलाई उद्योग मन्त्रालय, खेम बहादुर सारुलाई स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ३ : २३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित