२५ कार्तिक २०८१, आइतबार | November 11, 2024

५१ किलो गाँजासहित तीनजना पक्राउ



बागमती । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित हेटौँडा उपमहानगरपालिका–५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका–१३ का ३५ वर्षीया सुनिता तामाङलाई पक्राउ परेका हुन् ।

यसैबीच प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ११ : २० बजे

‘नेपालका प्रत्येक विश्वविद्यालयमा विज्ञान कूटनीतिसम्बन्धी पाठ्यक्रम आवश्यक’

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ

सोमबारदेखि सुरु हुँदै कोप–२९, तयारीका लागि सम्मेलनस्थलमा नेपाली टोली

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको

लाइन काटिएका उद्योगमा भोलि दिउँसो १२ बजेसम्ममा विजुली जोड्न मन्त्रिपरिषदको निर्देशन

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको बिद्युत महसुल नतिरेर लाइन काटिएका

पर्यटन व्यवसायी वाग्लेको निधन

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ

समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन : कांग्रेस नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक