१ बैशाख २०८२, सोमबार | April 14, 2025

खडेरीको कहर चिर्दै बाँके र बर्दियाका धेरै स्थानमा भारी वर्षा



नेपालगन्ज । झण्डै १ महिनादेखि खडेरीको कहर सहँदै आएको बाँके र बर्दियामा आज भने भारी वर्षा भएको छ । आज बिहान ९ बजेपछि सुरु भएको करिव ३ घण्टा भएको भारी वर्षले यस क्षेत्रका किसानहरुले राहत पाएका छन् । बिउ तयार भएपनि धान रोप्न नपाएका किसानहरुले पानी परेसँगै धमाधम धान रोप्न सुरु गरेका छन् ।

यता ३ घण्टाको भारी वर्षाले नेपालगन्जको अधिकांस स्थानमा डुबान भएको छ । नेपालगन्ज उपमहानगरको सेतुबिक चोक, घरबारीटोल लगायतको क्षेत्रमा डुबान भएपछि घर र पसलहरुमा भेल पसेको स्थानीय व्यापारीहरुले बताएका छन् ।

पछिल्लो ३ घण्टामा बर्दिया जिल्लाको गुलरिया, रम्भापुर र बाँके जिल्लाको खजुरा, नेपालगन्ज लगायतको क्षेत्रमा भारी बर्षा मापन भएको बर्षामापन केन्द्रले जनाएको छ । केन्द्रले १ घण्टाको अवधिमा बाँकेको खजुरा क्षेत्रमा मात्र १५७ मिलिमिटर पानी परेको जनाएको छ ।

सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, नदीहरुको तटीय क्षेत्र र डुबान भइरहने होचा भू(भागहरूमा रहनुहुनेहरू साँझ सम्मै उच्च सतर्कता अपनाउन मापन केन्द्रले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ४ : ०३ बजे

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं