३१ भदौ २०८१, सोमबार | September 17, 2024

नेपालगन्जमा एकैदिनमा फरक स्थानमा २ जना मृत अवस्थामा फेला



नेपालगन्ज । नेपालगन्जमा एकैदिन २ फरक स्थानमा २ जनाको बेवारिसे शव फेला परेको छ । फरक स्थानमा फेला परेको शवको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगन्ज १८ कारकाँदो स्थित ममता कुम्हारको धान खेतमा नामथर, वतन नखुलेको अन्दाजी २५/२६ वर्षको पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेको मृतक व्यक्तिको हाल सम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

गहुँकालो वर्णको, कालो कपाल भएको, सेतो टिसर्ट, कालो जिन्स पाईन्ट लगाएको उचाई ५ फिट ५ इन्च रहेको पुरुषको शव आज मध्यान्ह प्रहरीले बरामद गरेको हो ।

त्यसैगरि आजै नेपालगन्ज १८ कै सडक डिभिजन कार्यालयको खुल्ला जग्गामा अन्दाजी ७०/७१ वर्षको पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भेटिएको मृतकको पनि नामथर र ठेगाना नखुलेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । कपाल फुलेको, आकाशी रङको टिसर्ट, भान्टा रङको जिन्स पाईन्ट, हरियो चप्पल लगाएको पुरुषको शवको फोटो सार्वजनिक गर्दै प्रहरीले पहिचान गरि सनाखत गरिदिन आम नागरिकमा आग्रह गरेको छ ।

आज फेला परेको दुबैशवको पहिचान खुल्न नसकेको डिएसपी डाँगीले बताए । फेला परेका दुबै शवलाई भेरी अस्पतालको शवगृहमा राखिएको उनले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : ५५ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित