२३ भदौ २०८१, आइतबार | September 8, 2024

मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा ईक्यान रुपन्देही विजयी



बुटवल । शनिबार बुटवलमा सम्पन्न मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा ईक्यान रुपन्देही विजयी भएको छ । खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ ईक्यान रुपन्देहीले आयोजना गरेको मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा पत्रकारको टिमलाई ७ रनले पराजित गर्दै ईक्यान रुपन्देही विजयी भएको हो ।

नहरपुर मावि खेलमैदानमा भएको प्रतियोगितामा एक समारोहका बिच खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, ईक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डे, ईक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देव बहादुर कुवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, रुपन्देही जिल्ला लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, संयोजक निशानबाबु कार्कीले विजयी, उपविजयी टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका छन ।

टस हारेर ब्याटिङ गर्न मैदान छिरेको ईक्यानको टिमले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १६० रनको लक्ष्य खडा गरेको छ । ईक्यानका विश्व गौतमले ४२ रन जोडे । यसैगरि दिनेश पौडेलले ४० रनको योगदान दिए । पत्रकारको टिमका प्रकाश पाण्डे र सुमन श्रेष्ठले समान २-२ विकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको पत्रकारको टिम राम्रो शुरुवात गर्न सकेन । ओपनर पाल बहादुर सोमई ८ तथा रतन कंडल १ रनमै आउट भए । मध्यम क्रममा आएका डिबि सुस्लिङले सम्हालिदै १७ रन बनाए । पत्रकारको टिमबाट कृष्ण भण्डरीले खेलमा पहिलो अर्धसतक पुरा गरे । उनले रोहित चौधरीसंग राम्रो साझेदारी गर्दै एक्लै ७२ रनको महत्वपूर्ण पारी खेलेपनि टिमलाई जित दिलाउनबाट चुके । खेलमा ईक्यानका विश्व गौतम, उपेन्द्र यादव र गोबिन्दराज अधिकारीले समान २-२ विकेट लिए । खेलमा ईक्यानका विश्व गौतम उत्कृष्ट खेलाडी घोषित भए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ३९ बजे

हिमालमा सन्निकट सङ्कट

गण्डकी । गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना

दाङमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ । दाङमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा

संविधान संशोधनका नाममा जनताको हकअधिकार र उपलब्धी मास्ने काम सह्य हुँदैन : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौँ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा

ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड

काठमाडौँ । नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका