२३ भदौ २०८१, आइतबार | September 8, 2024

म्याग्दीको बगरफाँटमा ‘एक घर, एक धारा’



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको आयोजनाबाट दुई सय पाँच घरपरिवार लाभान्वित भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष दीपकबहादुर मल्लले सङ्घीय सरकारको रु एक करोड ४४ लाख ७५ हजार एक सय १२ सहयोगमा आयोजना निर्माण भएको जानकारी दिए । “कोप्रे, बाङगेरा र लहरेनीको मुहानमा ‘इन्टेक’ बनाएर ल्याएको पानी ५०-५० लिटर क्षमताको तीनवटा रिजर्भ टयाङ्कीमा सङ्कलन गरी वितरण गर्न थालिएको छ”, उनले भने, “संरचना निर्माणको काम सकिएपछि दुई सय पाँचवटा घरमा मिटरसहित जडान भएका धारामा परीक्षणका लागि पानी वितरण गर्न थालिएको हो ।”

परीक्षणका क्रममा देखिएका प्राविधिक समस्या समाधान र सुधार गरेर नियमित पानी वितरण गर्ने तयारीका साथ काम भइरहेको अध्यक्ष मल्लले बताए । पाँच हजार दुई सय ७१ मिटर मुख्य र पाँच हजार पाँच सय ४७ मिटर वितरण पाइप लाइन निर्माण भएको छ । आयोजना निर्माणका लागि आव २०७९/८० मा रु ५३ लाख ११ हजार आठ सय ५२ र २०८०/८१ रु ९१ लाख ६३ हजार दुई सय ६० खर्च भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सबइन्जिनियर सुनिल सिंह बोहोराले बताए । उपभोक्ता समितिले कुल लागतको १० प्रतिशत बराबरको श्रमदान गरेका छन् । यसअघि बगरफाँटमा २१ वटा सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । सार्वजनिक धाराबाट गाग्री, ग्यालीन र ड्रममा ओसार्ने तथा पाइप जडान गरेर घरघरमा पानी लगेर उपभोग गर्ने गरेका थिए ।

घरघरमा धारा जडान गरेर पानी वितरण गर्न थालेपछि मितव्ययी प्रयोग, समयको बचत र पानीका कारण हुने सामाजिक द्वन्द्व कम भएको उपभोक्ता समितिका सचिव चन्द्रबहादुर घिमिरेले बताए । खानेपानी वितरणलाई व्यवस्थित बनाउन प्रत्येक धारामा मिटर जडान गरिएको छ । आयोजनाको दिगो व्यवस्थापनका लागि महसुल निर्धारण गर्ने र एकजना कर्मचारी नियुक्त गर्ने तयारी भएको सचिव घिमिरेले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ०५ बजे

हिमालमा सन्निकट सङ्कट

गण्डकी । गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना

दाङमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ । दाङमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा

संविधान संशोधनका नाममा जनताको हकअधिकार र उपलब्धी मास्ने काम सह्य हुँदैन : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौँ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा

ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड

काठमाडौँ । नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका