२३ भदौ २०८१, आइतबार | September 8, 2024

माओवादी बैठक : १६ देखि २५ वर्षका झण्डै ६१ लाख युवालाई जनयुद्ध र गणतन्त्रबारे बुझाइने



काठमाडौं । सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न र आगामी कार्यक्रम निर्धारण गर्ने लक्ष्यका साथ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारीको बैठक आज पनि बस्यो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएको अवस्था र पार्टीको नयाँ कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।

सो पार्टीको पदाधिकारीको बैठकमा १६ देखि २५ वर्षको जनसङ्ख्या झण्डै ६१ लाखलाई जनयुद्ध, गणतन्त्रलगायत परिवर्तनका विषयलाई केन्द्रका राखेर सङ्गठन निर्माण र जनपरिचालन गर्ने विषयमा छलफल भएको माओवादीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । पार्टी उपाध्यक्ष एवं प्रवक्ता सापकोटाका अनुसार आजको बैठकमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए ।

उनीहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी निर्माण, सङ्गठन र जनपरिचालनलगायतका विषयमा आफ्नो धारणा राखेका थिए । विज्ञान, प्रविधिको विकास र पछिल्लो पुस्तालाई समेत केन्द्रका राखेर सङ्गठन निर्माण, पार्टीका कार्यक्रम तय गर्नुपर्नेमा बैठकमा नेताहरूले जोड दिएका थिए ।

पदाधिकारीको बैठकपछि पार्टीको स्थायी समिति बैठक बस्ने र लगत्तै केन्द्रीय समितिको बैठकसमेत तय गरेर आगामी दिनको कार्यक्रम तय गर्ने प्रवक्ता सापकोटाले बताए ।

माओवादी केन्द्रको शुक्रबारदेखि पदाधिकारीको बैठक सुरु भएको हो । शुक्रबार पदाधिकारीमा रहनुभएका छजना नेताले आफ्नो धारणा राख्नुभएको थियो । बैठक आइतबार पुनः बस्ने बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : ५२ बजे

क्याम्पस प्रमुखको कार्ययोजनाः क्याम्पसको समग्र विकास र शैक्षिक सुधारको खाका

नेपालगन्ज  । हाल त्रिभुवन विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पसहरूको प्रमुख पदका

जाजरकोटको बारेकोटमा पहिरोले पुरिएर वडासदस्यसहित २ जना बेपत्ता

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका-e६

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका

ताइवानमा ‘यागी’ आँधी : चार जनाको मृत्यु ७८ जना घाइते

काठमाडौं । ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएको

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

म्याग्दी । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा ।