२३ भदौ २०८१, आइतबार | September 8, 2024

ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि



काठमाडौँ । देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार हालसम्म ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको हो । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो, जुन ढलबाट मिसिएको हुनसक्ने बताइएको छ ।

हैजा सङ्क्रमण भएको दिनदेखि नै पाँच दिनसम्म लक्षणहरु देखा पर्छन् । हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने बताइन्छ । यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । त्यस्तै आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने रहेका छन् ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : १० बजे

जाजरकोटको बारेकोटमा पहिरोले पुरिएर वडासदस्यसहित २ जना बेपत्ता

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका-e६

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका

ताइवानमा ‘यागी’ आँधी : चार जनाको मृत्यु ७८ जना घाइते

काठमाडौं । ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएको

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

म्याग्दी । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा ।

ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

खोटाङ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार