२३ भदौ २०८१, आइतबार | September 8, 2024

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका



सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिका महासचिव चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बत (Xizang) स्वायत्त क्षेत्रलाई सहयोगमा चिनियाँ कम्युनिष्ट पार्टीको महान भावना जोडिएको र यो चिनियाँ विशेषतासहितको समाजवादको महत्वपूर्ण लाभ भएको कुरामा जोड दिएका थिए । यो सम्पदालाई पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गरिनुपर्छ, किनकि यसले उच्च जिम्मेवारी र अदम्य मनोवृत्तिको साथ हिउँले भरिएको पठारमा दीर्घकालीन स्थिरता र उच्च गुणस्तरीय विकासको नयाँ अध्याय लेख्ने चिनियाँ सरकारको मिशनलाई प्रष्ट पार्छ । जसले चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्थाको श्रेष्ठता प्रदर्शन गर्नेछ ।

तिब्बतलाई सहयोग गर्ने भावनाले द्रुत र निरन्तर क्षेत्रीय विकासलाई बढावा दिन्छ
सन् १९९४ सिजाङका लागि निकै महत्वपूर्ण रह्यो । सीपीसी केन्द्रीय समितिको निर्देशनमा यातायात, बिजुली पावर स्टेशन, शिक्षा र चिकित्सा सेवा जस्ता प्रमुख जीविकोपार्जन परियोजनाहरू सुरु भए ।

तिब्बतसम्बन्धी तेस्रो फोरम सन् १९९४ मा आयोजित भएको थियो, जुन यसको उच्च स्तर, मापन, र समस्या समाधानको मामिलामा अभूतपूर्व थियो । फोरमले आपसी सहयोगको मानकीकृत कार्य मोडेलको विकास ग-यो, सामाजिक स्थिरता कायम राख्ने र तिब्बतको विकासलाई गति दिने सामान्य सिद्धान्त कायम र ६२ वटा परियोजना निर्माणमा तिब्बतलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

त्यसपछि तिब्बतको विकासलाई समर्थन गर्ने केन्द्रीय निकाय र पुरै चिनियाँ सहयोग चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको निरन्तर नीति बनेको छ । देशले तिब्बतलाई आधुनिक औद्योगिक प्रणाली स्थापना गर्न, कृषि र पशुपालनलाई आधुनिक विज्ञान र प्रविधिसँग एकीकृत गर्न र आधुनिकीकरणको प्रवर्द्धन गर्न र त्यहाँ आर्थिक जग बसाल्न ठूलो प्रयास गरेको छ ।

बीआरआई अन्तर्गत नयाँ च्यानलहरू
इतिहासमा “दक्षिणी सिल्क रोड“ र “प्राचीन चिया हर्स रोड“ मा एक महत्वपूर्ण सहभागीको रूपमा, तिब्बत रहेको छ । नयाँ युगमा चीन र दक्षिण एसियाली देशहरू बीचको आदानप्रदानको लागि तिब्बत महत्वपूर्ण प्रवेशद्वार पनि हो । विगत एक दशकमा तिब्बतले आर्थिक र व्यापारिक सहयोगलाई महत्वपूर्ण प्रवर्द्धनका रूपमा लिएको छ र बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) साझेदार देशहरूसँग लगानी सहकार्यलाई सुदृढ गर्दै आएको छ । नेपालमा २०, म्यानमारमा एक र ताजकिस्तानमा तीन गरी २४ वटा विदेशी लगानी परियोजनाहरू सञ्चालन गरेको छ । ३४३ मिलियन अमेरिकी डलर संचित लगानी रकम रहेको यो परियोजनाअन्तर्गत यातायात, खनिज विकास, खुद्रा, कपडा, सेवा उद्योग र अन्य क्षेत्रहरू समावेश गरिएका छन् ।

एकातर्फ चीनको पश्चिममा नयाँ जमिन–समुद्र कोरिडोर जोड्ने मार्ग लगायत समग्र व्यापार सहयोगका लागि विगत एक दशकमा तिब्बतलाई बीआरआईमा गहिरो रूपमा एकीकृत गरिएको छ । एकातर्फ, सिचुआन, युनान, छिङहाई र अन्य छिमेकी प्रान्तहरूको विकाससँग तिब्बतलाई समन्वय गरिएको छ ।

अर्कोतर्फ, आन्तरिक र बाह्य एकीकरणलाई जोड्ने र पारस्परिक लाभ र जितको नतिजा हासिल गर्ने र दक्षिण एसियाली मुलुकसँग पनि संयुक्त रुपमा ट्रान्स हिमालयन इकोनोमिक कोअपरेसन करिडोर निर्माण गर्ने कार्यलाई तिव्रता दिइएको छ । तिब्बत बंगलादेश–चीन–भारत–म्यानमार आर्थिक कोरिडोरमा सक्रिय रूपमा एकीकृत हुँदैछ ।

“बंदरगाह कनेक्टिभिटीलाई आधार र खुला उद्योगहरूलाई केन्द्रको रूपमा लिने“ भन्ने सामान्य सिद्धान्तमा आधारित हुँदै तिब्बतले दक्षिण एसियाका लागि महत्वपूर्ण आर्थिक करिडोरहरूको निर्माणलाई प्रवद्र्धन गरेको छ । चीन–नेपाल स्थलव्यापार मार्गले दक्षिण एसियाका पाँचवटा अन्तरदेशीय क्षेत्रहरूमा अन्तर्राष्ट्रिय व्यापार र लजिस्टिक नेटवर्कको गठनलाई गति दिएको छ । र, चीनको दक्षिणपश्चिमी क्षेत्रबाट बनेको नयाँ भू–समुद्री च्यानलको निर्माणले यस क्षेत्रको आर्थिक विकासलाई प्रवर्द्धन गर्दै आसियान र विश्वसँग जोडिएको छ ।

भविष्यमा, तिब्बतमा व्यापक त्रि–आयामी यातायात नेटवर्कले दक्षिण एसिया भूमि कोरिडोर निर्माणको लागि बलियो जग खडा गर्नेछ । दक्षिण एशियाली क्षेत्रमा तिब्बतलाई चीनको खुलापन र विकासको लागि सबैभन्दा अत्याधुनिक “ब्रिजहेड“ बनाउनेछ ।

पूरक विकासलाई अँगाल्ने
बाह्य परिदृश्यमा क्षेत्रीय विशेषताहरूले औद्योगिक नवप्रवर्तनको मुख्य प्रतिस्पर्धात्मकता निर्धारण गर्दछ । राष्ट्रिय “बेल्ट एण्ड रोड“ यातायात अन्तरसम्बन्धले नयाँ उपलब्धिहरू हासिल गरिरहँदा तिब्बतले वैज्ञानिक रूपमा क्षेत्रीय पर्यटन विकास योजना बनाएको छ र पर्यटन उद्योगको खुलापनलाई विस्तार गरेको छ । हालैका वर्षहरूमा, तिब्बतले हाई–टेक डिजिटल उद्योगहरूको विकासलाई गति दिएको छ । दक्षिण एसियाका लागि डिजिटल पोर्ट निर्माण गरेको छ र डिजिटल औद्योगिकीकरण र औद्योगिक डिजिटलीकरणलाई बढावा दिएको छ ।

चीनको बाह्य सञ्चार र आदानप्रदानको महत्वपूर्ण नोडका रूपमा तिब्बतले नेपाल, भुटान, भारत, म्यानमार र बेल्ट एण्ड रोडका अन्य धेरै देशहरूलाई जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ र जारी राख्नेछ । पश्चिमी शक्तिहरूको “चासो“ खेल भन्दा फरक बीआरआईले खुला, समावेशी, सन्तुलित र सबैको जितको दिशामा आर्थिक विश्वव्यापीकरणको प्रवर्द्धनलाई मात्र जोड दिँदैन भविष्यमा सबैले जित्ने सहयोग सहयोग र प्रशंसामा पनि धेरै ध्यान दिन्छ । साझा विकासको दृष्टिकोणले मात्रै सभ्यता र समृद्धि हासिल हुन्छ ।

चिनियाँ संचारमाध्यम सीजीटीएनमा प्रकाशित यो लेखले चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा तिब्बतको भूमिकालाई प्रष्ट पार्न खोजेको छ । लेखमा लेखकहरुको निजी विचार प्रतिबिम्बित छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ९ : २८ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर