२२ भदौ २०८१, शनिबार | September 8, 2024

अनुसन्धानका सूचक कुट्ने क्यासिनो संचालक पक्राउ, बरामद भएको भनिएको १८ लाख हरायो !



नेपालगन्ज । अनुसन्धान बिभागका सूचक कुट्ने क्यासिनो संचालकलाई बाँके प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको रकम बरामद गर्ने क्रममा कुटिएका भनिएका अनुसन्धान बिभागका सूचक कुटेको अभियोगमा ‘ब्लु गेमिङ क्लब’ (क्यासिनो) का महाप्रबन्धक अर्जुन खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान नेपाल–भारत सिमानाका जमुनाहास्थित चेकपोष्ट नजिकै श्रोत नखुलेको रकम बरामद गर्ने क्रममा राष्ट्रिय अनुसन्धान विभागका सूचक अर्जुन खड्कामाथी आक्रमण भएको थियो ।

अनुसन्धान विभागका सूचक खड्काले स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद गर्दा नेपालगन्ज-४ स्थित कलपत्रु होटलमा सञ्चालित ‘एसएन ब्लु गेमिङ क्लब’ (क्यासिनो)का महाप्रबन्धक अर्जुन खनालको समुहले आक्रमण गरेको बताइएको छ । घाइते अवस्थामा खड्का फेला परेपनि बरामद भएको भनिएको १८ लाखको भने कतैबाट पुष्टी हुन सकेको छैन । खड्काको शरिरका विभिन्न भागमा चोट लागेको छ । खड्कामाथी खनालको समुहले बोत्तल र फलामको कुर्सी प्रहार गरेको बताइएको छ ।

आक्रमणमा संलग्न महाप्रबन्धक खनाललाई सिसीटिभी फुटेजका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) तुलबहादुर कार्कीले नुुवाकोट घर भई नेपालगन्जस्थित क्यासिनो सञ्चालन गर्ने अर्जुन खनाललाई पक्राउ गरिएको बताए । खनाल सहितको समुहले सुरक्षाकर्मीमाथी आक्रमण गरेको बुझिएको र सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

बरामद गरिएको रकमका बिषयमा भने आफुहरुलाई जानकारी नभएको उनले बताए । घाइते खड्काले सूचना संकलन जाँदा कुटिएको प्रहरी समक्ष बयान दिएको बताइएको छ ।

अनुसन्धानका सूचकलाई सूचना संकलन गर्ने जिम्मेवारी रहेपनि बरामद गर्ने र कारवाही गर्ने अधिकार कानुनले नदिएको प्रहरीको भनाई छ । घटनामा अन्य ४र५ जनाको संलग्नता रहेको र उनीहरुको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ६ : १८ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर