२३ भदौ २०८१, आइतबार | September 8, 2024

नेपालगन्ज उद्योग वाणिज्य संघमा नयाँ विवाद, महासचिवलाई अध्यक्षको स्पष्टीकरण



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ विवाद सार्वजनिक भएको छ । कानुनी विवाद कायम रहेकै अवस्थामा रहेका महासचिव भीमबहादुर रानाभाटलाई संघका अध्यक्ष टंक धामीले स्पष्टीकरण सोधेपछि थप विवाद सार्वजनिक भएको हो ।

संघको निर्वाचन सम्पन्न भएदेखि नै एक पक्षले अस्वीकार गरिएका महासचिव रानाभाटलाई संघको कार्य संचालनमा अवरोध गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ । संघका अध्यक्ष धामीले रानाभाटलाई स्पष्टीकरण सोधेका हुन् । पत्रमा जानी जानी कार्यसमितिको बैठकमा अनुपस्थित रही संघको कार्यमा असहयोग गरेको र बैठकको जानकारी पत्र समेत बुझ्न इन्कार गरी विधान विपरितको पदिय मर्यादामा नरही विधान प्रतिकूल कार्य गरेको ठहर गरिएको उल्लेख छ ।

बुधबार सोधिएको स्पष्टीकरणमा रानाभाटबाट लिखित रुपमा विधानको दफा २९(ठ) बमोजिम लिखित जवाफ मागिएको छ ।

उल्लेखित विषयहरुका सम्बन्धमा पत्र प्राप्त भएको मितिले ३ दिनभित्र आफै उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न अनुरोध गरिन्छ, स्पष्टीकरणमा लेखिएको छ, उक्त अवधिभित्र लिखित स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण र प्रमाणहरु सन्तोषजनक नदेखिएमा विधान बमोजिम कारबाही भै जाने ब्यहोरा समेत जानकारी गराउँदछु ।

उता स्पस्टिकरण पाएका महासचिव रानाभाटले भने अध्यक्ष धामीले स्टन्ट गर्न खोजेको बताए । आफु लगातार संघको काममा सक्रिय रहेर काम गरिरहेको र अघिल्लो बैठक समेत आफैले संचालन गरेको बताउँदै रानाभाटले अध्यक्षले लगाएको आरोपको खण्डन गरे ।

अध्यक्ष धामीले भने संघको दैनीक कार्य संचालनमा महासचिवबाट अवरोध भएपछि काम गर्न असहज भएको बताए । उनले झण्डै १ महिना सम्पर्क बिहिन र फोन सम्पर्कमा समेत नआएपछि आफुले संघको कार्यसमितिको बैठक बोलाएको बताए ।

निर्वाचनको मत परिणाम अस्वीकार गर्दै अर्को समूहले महासचिवको पुनः मतदान वा मतगणनाका लागि अदालतमा दिएको मुद्धा अहिले पनि बिचाराधिन रहेको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ३ : १८ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर