२३ भदौ २०८१, आइतबार | September 8, 2024

प्रभु बैंक र टिस्टुङ्ग रिसोर्ट बीच छुट सम्झौता



काठमाडौ । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैँकका तर्फबाट बागमति प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणा द्धारा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

मकवानपुर जिल्ला बागमति प्रदेशको मूख्य केन्द्रविन्दु तथा वागमति प्रदेशको राजधानी समेत हो । उक्त रिसोर्ट मकवानपुर जिल्लाको उरी भेगमा अवस्थित रहेको छ भने काठमाण्डौ उपत्यकाबाट दणिक्ष पश्चिमको भाग सँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मी. उचाईमा रहेको छ ।

इन्द्र सरोवर (कुलेखानी), बज्रबाराही मन्दीर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तब्य स्थल हुन भने कृषि पेशा अर्को यहाँको प्रमुख विशेषता हो । आलु, काउजी, बन्दा, मुला, स्कूस, जस्ता यहाँका कृषि उत्पादन काठमाण्डौ सम्म विक्री वितरण हुने गर्दछ । आन्तरिक तथा वाह्य पर्यटकहरु यहाँ सितलता र आनन्द प्राप्तिको लागि आउने गर्दछन । विशेष गरि गर्मि याममा गर्मि छल्नका लागि बढी पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ ।

चारैतिर जङ्गल अनि हरियाली बीचमा इन्द्र सरोबर (कुलेखानी) अनि अग्लो डाँडामा शिरशिर बतास चल्दा यहाँ पुगेपछिको आनन्द नै बेग्लै हुने गर्दछ । अझ त्यहाँको मनमोहक दृश्य क्यामेरामा कैद गर्दाको क्षणको त व्याख्या जति गरे पनि कमि नै महसुश हुने गर्दछ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : १४ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर