२३ भदौ २०८१, आइतबार | September 8, 2024

न्यूनतम महसुल तिर्न नसकी लाइन काटिएका जनताका बारेमा पनि छलफल गरौँ : चन्द्र भण्डारी



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्युत्को न्यूनतम महसुल तिर्न नसकी लाइन काटिएका पौने दुई लाख जनताका बारेमा सदनमा छलफल हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले जनताको मतबाट निर्वाचित सांसदले ठूला व्यक्तिका बारेमा मात्र छलफल गर्ने परम्पराबाट मुलुक समृद्धिको मार्गमा अगाडि बढ्न नसक्ने बताए ।

सांसद भण्डारीले प्रश्न गरे, “केही सीमित व्यक्तिका निम्ति सदनमा बहस भइरहेको छ, तर एक लाख ७५ हजार जनताले पैसा तिर्न नसकेर बिजुली काटिएको छ । तीनका बारेमा कसले छलफल गर्ने ? जनताको मत लिने तर छलफल ठूला व्यक्तिको मात्र गर्ने ?”

तीन दिनदेखि सदनमा ‘लोडसेडिङ’का समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनबाट निरन्तर बिजुली पाइरहेका उद्योगसँग बक्यौता रु २१ खर्ब उठाउने वा छोड्ने वा कसले तिर्ने भन्नेमा दोहोरी चलिरहेकामा उनले दुःख व्यक्त गरे । “यसरी हुँदैन, राज्य अब गरिबको पनि बन्नुपर्छ, सदनमा गरिबका विषय पनि उठाउनुपर्छ”, उनले प्रश्न गरे, “औषधि नपाएका, बिजुली काटिएका, पढ्न नपाएका बालबालिकाका कुरा कसले गर्दिने सदनमा ?”

संसद्मा ठूलाबडाको कुरा गर्ने, जनताका कुरा नगर्ने परम्पराबाट सरकार जनताबाट धेरै टाढा भएको अनुभूति भएको उल्लेख गर्दै सांसद भण्डारीले सदनमा जनताको समस्यामा छलफल हुनुपर्ने बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ०१ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर