५ चैत्र २०८१, मंगलबार | March 18, 2025

सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल



नेपालगन्ज । साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ ।

नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको छ । हिजो सोमबार बाँके, बर्दिया, दाङलगायत भारतबाट पजि भक्तजन आएका मुख्य पुजारी योगानन्द गिरीले जानकारी दिए ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएकोे नरैनापुरका सोहनलाल यादव बताउँछन् । पहाडको माथिल्लो भागमा रहेको मन्दिरबाट जङ्गलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ ।

यसैबीच, बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति हरसम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गरे । राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेवलाई जोडेर धार्मिक पर्यटन क्षेत्र बनाउन आफू क्रियाशील रहेको उनले बताए । रासस

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : ४६ बजे

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको

स्ववियु निर्वाचन : बाँकेका ३ क्याम्पसमा मतदान सुरु, जनसिद्देश्वरमा स्थगित

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सहित बाँकेका तीन वटा