२३ भदौ २०८१, आइतबार | September 8, 2024

महिला एशिया कपमा भारतको लगातार दोस्रो जित



काठमाडौं । जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले युएईलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

भारतले दिएको २०२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

भारतले यसअघि पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । त्यस्तै युएईले भने लगातार दोस्रो हार बेहोरेको छ । युएईले पहिलो खेलमा नेपालसँग हार बेहोरेको थियो ।

प्रतियोगितामा अब भारतले आफ्नो समुह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ भने सोहि दिन युएईले पाकिस्तानको सामना गर्ने छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ०३ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर