१९ आश्विन २०८१, शनिबार | October 5, 2024

बुटवलमा असुरक्षा बढ्यो, देवीनगरको प्रहरी बिट नजिकै छुरा प्रहारबाट २ जना घाइते



बुटवल । गत जेष्ठ २ गते राती बुटवलको तिनकुने नजिकै भएको चक्कु प्रहारबाट घाइते युवाको मृत्यु भएको १५ दिन नपुग्दै बुटवलको देबीनगरमा छुरा प्रहार हुँदा २ जना युवा घाइते भएका छन् । शुक्रबार साँझ ९ बजेको समयमा बुटवल ११ देवीनगरमा युवाहरुबीच छुरा प्रहार भएको छ । आपसमा झगडा गरेका युवाहरु मध्य २ जना छुरा प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार देवीनगर प्रहरी बिट नजिकै रहेको ‘दि कफी’ पसल भित्र युवाहरुबीच आपसमा चक्कु हानाहान भएको र चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका-५ का ३० वर्षीय दिवस मल्ल र बुटवल-१२ बस्ने २५ वर्षीय पवन शाही घाइते भएका छन् । घाइते भएका दुबै जनाको टाउको र हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

घटनामा संलग्न भएको आरोपमा बुटवल–१३ जितगढी बस्ने २३ वर्षीय विष्णु थापा र तिलोत्तमा नगरपालिका-३ बस्ने २३ वर्षीय अनुप भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवाहरु बीच आपसमा भनाभन हुँदा छुरा हानाहानको अवस्थामा पुगेको थियो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बुटवलको छुरा प्रहार काण्ड : छुरा प्रहारको ४८ दिनमा घाइते युवाको मृत्यु, छुरा हान्नेहरु पक्रन प्रहरी असफल

बुटवलको छुरा प्रहार प्रकरण : हत्याका अभियुक्त दुई जनाले गरे प्रहरीमा आत्मसमर्पण

बुटवलको तिनकुनेमा छुरा प्रहारबाट एकजना गम्भीर घाइते, २ जना पक्राउ

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : ०४ बजे

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको