२३ भदौ २०८१, आइतबार | September 8, 2024

निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने छ : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग आज अर्थ मन्त्रालयमा कुरा गर्दै मन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानी रोकिँदा सन्देश गलत गएको उल्लेख गरे । निर्माण व्यवसायीको रकम अविलम्ब भुक्तान गर्नेबारे विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल गरेको उनले बताए ।

“सरकार र निर्माण व्यवसायी एउटै डुङ्गाका यात्री हुन्, दुवै पक्षले सहकार्य गरी अघि बढ्नुको विकल्प छैन”, मन्त्री पौडेलले भने । निर्माण व्यवसायीका अन्य समस्या क्रमशः सम्बोधन हुने उनको भनाइ थियो । व्यवसायीले तोकिएको रकममा समयमै गुणस्तरीय कार्य गर्नुपर्ने मन्त्री पौडेलले खाँचो औँल्याए । निर्माण व्यवसायी नै मुलुकको विकासका अभियन्ता भएकाले सरकारलाई भरोसा गरी आत्म गौरवका साथ कार्य गर्न उनले निर्माण व्यवसायीलाई सुझाव दिए । मुलुकको व्यवस्था फेरिए पनि अवस्था नफेरिएको उल्लेख गर्दै मन्त्री पौडेलले समस्या देखाउने नभई समाधन गर्ने ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाए ।

महासङ्घ अध्यक्ष रवि सिंहले मन्त्री पौडेल समक्ष निर्माण उद्योगलाई पनि कृषि तथा जलस्रोत क्षेत्रको जस्तै सहुलियत दिन आग्रह गरे । महासङ्घको प्रतिनिधिमण्डलले आजै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर निर्माण उद्योगमा देखिएको भुक्तानीलगायतका समस्याबारे जानकारी गराएको छ । जवाफमा मन्त्री दाहालले ‘लो बिडिङ’ का कारण निर्माण उद्योगमा धेरै जटिलता देखिएकाले कानून संशोधन गरेर भए पनि उक्त समस्या हल गर्ने प्रतिबद्धता जनाए ।

मुलुकमा हुने विकास निर्माणका हरेक काममा स्वदेशी व्यवसायीलाई नै प्राथमिकता दिने व्यवस्था राज्यले गर्ने मन्त्री दाहालले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : १५ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर