२३ भदौ २०८१, आइतबार | September 8, 2024

गुल्मीमा राहदानीबाट रु ६ करोड भन्दाबढी राजस्व सङ्कलन



गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्र रु ६ करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट सङ्कल भएको जानकारी दिए । १२ हजार चार सय ५० राहदानी वितरण गर्दा सो आवमा २०८०/८१ मा ६ करोड ३३ लाख रुपैयाँ सङ्कल भएको हो । गत आवमा राहदानीबाट सात करोड भन्दा बढी रकम सङ्कलन भएको थियो ।

कार्यालयबाट आव २०८०/८१ मा पाँच हजार सात सय ३६ नागरिकताको प्रतिलिपि, ४८ गैरआवासीय नागरिकता र १२ हजार दुइ सय ७३ राहदानी सिफारिस गरिएको छ । यसैगरी सात सय ६६ नाबालक परिचयपत्र, १६ हजार आठ सय ४४ राष्ट्रिय परिचयपत्र विवरण दर्ता र एक हजार नौ सय राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रजिअ शर्माले बताए ।

जिल्ला प्रशसनमा सोही आवमा २८ मुद्दा दर्ता भएकोमा २३ फछ्र्यौट भएका छन् । त्यसैगरी ७८ ठाडो उजुरी, एक हजार एक सय ४४ नाता प्रमाणित, २६ संस्था, एक सय ७९ संस्था नवीकरण, ७४ हातहतियार नवीकरण, चार सय ५३ दलित, चार सय ९२ जनजाति र ६६ आय विवरण प्रमाणित गरिएको छ ।

प्रशासनले नागरिक मैत्री सेवा प्रवाहका लागि कार्यालयमा राहदानी र नागरिकताको लागि विद्युतीय टोकन, ज्येष्ठ नागरिक विश्रामस्थल, बजार अनुगमन, विकास निर्माणमा सहजीकरण, विपद्मा तत्काल राहत वितरण, ज्येष्ठ नागरिक एवं अपाङ्गता भएका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।

त्यसैगरी जिल्लाका १२ वटै स्थानीय तहमा गएर नागरिकलाई सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, लागू औषध नियन्त्रण, कारागार सुधार लगायतका काम गर्दै आएको प्रजिअ शर्माले बताए ।

नागरिकलाई सेवा प्रवाह गर्ने काममा जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिका सरहानीय रहेको जनाउँदै राजनीतिक दलका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद व्यक्त गरेका थिए । उनीहरुले आगामी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा सुझाव दिएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  २ : ३२ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर