१० मंसिर २०८१, सोमबार | November 25, 2024

आज कमैया मुक्ति दिवस : दलहरुले भोट बैंककारुपमा मात्र प्रयोग गरेको मुक्त कमैया र कमलरीहरुको गुनासो



नेपालगन्ज । सरकारले देशमा कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको आज २४ औं वर्ष पुरा भएको छ । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको दिनलाई मुक्त कमैया दिवसका रुपमा उनिहरुले मनाउदै आएका छन् ।

सरकारले मुक्त घोषणा गरेको २४ औं वर्ष बितिसक्दा पनि मुक्त कमैयाको पूर्ण रुपमा पुर्नस्थापना तथा व्यवस्थापन गर्न नसकेपछि उनीहरुको सरकार प्रति गुनासै गुनासो रहँदै आएको छ । मुक्त कमैया दिवसबाट मुक्त कमैया र कमलरीहरु खासै उत्साहित हुन नसकेको उनीहरुले बताएका छन् ।

कमैया प्रथाको अन्त्य भएको २४ बर्ष भईसक्दा समेत पुर्व कमलरी सुमिता थारु सन्तुष्ट हुन सकेकी छैनन् । ‘मालिकको घरमा नरकिय दासताको जिवनबाट मुक्त भएको २४ औं बर्ष पुग्दा समेत बिडम्बना भन्नुपर्छ हामी खुसी छैनौ ।’ उनले भनिन् । पुर्व कमलरी सुमिता मुक्त कमलरी बिकास मञ्च बाँकेका अध्यक्ष समेत हुन् । दासताको जिवनबाट मुक्त भएको २४ औं बर्ष बितिसक्दापनि अहिलेसम्म कमैयाहरु साँचो अर्थमा मुक्त भने हुन नसकेको उनी बताउँछिन् । सरकारका कारण अहिले मुक्त कमलरी तथा मुक्त कमैयाले पनि सास्ती खेप्न परेको उनको भनाई छ ।

राज्यले कमैया मुक्त घोषणा गरेपनि संरक्षण भने गर्न नसकेको उनको भनाई छ । पुर्ब कमलरी सुमिताले आन्दोलनको कहाली लाग्दो बिगतलाई स्मरण गर्दै पुर्व कमलरीहरुको माग घोषणा पत्रमा मात्रै सिमित रहेको बताएछिन् ।

२०७० सालमा राजधानी केन्द्रित आन्दोलनका समयमा मुक्त कमैया र सरकारबीच १० बुँदे सहमति भएको थियो । उक्त सहमति अझैसम्म पनि कार्यान्वयन नभएको भन्दै सरकारसँग भएको १० बुँदेमध्ये तीन बुँदा मात्र कार्यान्वयनको चरणमा रहेको अन्य सात बुँदाहरू अझैपनि कार्यान्वयका लागि सरकार मौन रहेको मुक्त कमैया समाज लुम्बिनी प्रदेश कोषाध्यक्ष चिनका थारुले बताए । ‘हामीले आफ्ना समस्या राज्यलाई सुनाउन थालेको २४ बर्ष पुरा हुँदा पनि समाधानको बाटो नखोज्नु हामी सोझा थारु भनेर राज्यले अपहेलना गरेको हो, ‘ कोषाध्यक्ष थारुले भने- ‘सरकारले हामीलाई जेल मुक्त त ग¥यो तर सजाय भने यस्तै दिईरहेको छ । हामी राज्यको चासोको विषयक बनेनौ । सरकारले कमैया मुक्ति पछि आशा मात्रै देखायो । हामीलाई हौसला मात्रै होइन अधिकार पनि चाहिन्छ ।’

कमैया बस्दाको पिडाले भन्दा राज्यले देखाएका आशा पुरा नहुँदा मन भारी हुने उनले बताए । ‘पुर्ब कमैयासंग जग्गा छ लालपुर्जा छैन, लालपुर्जा छ लालपुर्जाको फाइदा लिन सकेका छैनन् । पुर्व कमैयाहरुलाई अन्याय नै भएको छ ।’ कोषाध्यक्ष थारुले भने ।

उनले जग्गा दिएपनि प्राप्त गरेको जग्गाको नक्सा र श्रेष्ता कायम नभएको बताउँदै श्रेष्ता कायम नहुँदा उनीहरुले जग्गा धितो राखेर पनि आफै केही गर्न सक्ने अवस्था नभएको बताए ।

कोहलपुर नगरपालिकाका उपमेयर संगीता सुवेदीले पुर्व कमैयाहरुको समस्याको समाधान गर्न पुर्ब कमैया आत्मनिर्भर बन्न आवश्यक रहेको बताइन् । उनले पुर्व कमैयाहरुको उत्थानका लागि आफु र पालिकाबाट पुर्ण साथ सहयोग रहने प्रतिबद्धता जनाइन् । उपमेयर सुवेदीले स्थानीय सरकारसंग सहकार्य गर्न थारु समुदायकै अगुवा नेताबाट पहल गर्न आग्रह गरिन् ।

मुक्त कमैयाहरुले दिवसको अवसरमा बाँकेको कोहलपुरमा ¥याली समेत निकालेका थिए । मुक्त कमैया समाज बाँकेको आयोजनामा मुक्ति दिवसको अवसरमा कोहलपुर नगरपालिका वडा नं. ११ को मुक्तकमैया वस्तीबाट निस्केको ¥याली कोहलपुरको चौराहा, नेपालगन्ज रोड, पुरानो बसपार्क हुदै पुन कोहलपुर ११ को लोकनगरमा पुगेर सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १० : १९ बजे

लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो

कञ्चनपुर । जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका

‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’

पाल्पा । यहाँका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको

चीन भ्रमणमा जानु अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा

तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन

एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौं गोर्खाज’, कस्तो छ टिम ?

काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग