९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

प्रचण्डलाई बाबुरामको आरोप- ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ !



काठमाडौँ । नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाबुरामले ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा/ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहेको र केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहेको आरोप लगाएका छन् ।

‘निवर्तमान प्रम र पूर्व प्रमहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन ? वहाहरू संविधान र कानून भन्दा माथि हो? राजनीतिमा नैतिकता र मूल्यमान्यता भन्ने केही जिनिस हुॅदैन? सत्ता नै सबै थोक हो? यसरी आउॅछ ‘समाजवाद’ ?’ भट्टराईले प्रश्न गरेका छन्  ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : ३३ बजे

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली

सत्तारुढ दलहरुको ७ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । सत्ता साझेदार चार दलले पहिलो तीन महिना अवधिको

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक

सूर्यदर्शन सहकारी प्रकरण : नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल तनहुँबाट पक्राउ

काठमाडौं । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका

बालुवाटारमा सत्तारुढ दलहरुको बैठक जारी

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री