१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

सीआईबी र अनुसन्धानको डीएसपी बनेर ठग्ने नक्कली डीएसपी बाँकेबाट पक्राउ



नेपालगन्ज । बाँके र यस आसपासका क्षेत्रमा आफुलाई डीएसपी हुँ भन्दै असुली गर्ने एकजना नक्कली डीएसपीलाई बांके प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न सरकारी कार्यालय तथा सर्वसाधारणलाई कहिले सीआईबी, कहिले अनुसनधानको डीएसपी हुँ भन्दै ठगी गर्ने दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय नवीन शाही भन्ने नैनसिंह विकलाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारी कार्यालयहरुमा गएर त्यहांका हाकिम, कर्मचारी र सर्वसाधारणलाई आफू सीआईबी र अनुसन्धानको डीएसपी भन्ने विकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नाराण डाँगीले बताए । विकलाई प्रहरीले कोहलपुरबाट पक्राउ गरेर अनुसन्धान थालेको उनले बताए ।

बांके प्रहरीले उनीबाट ठगिएकालाई सम्पर्कमा आउन सार्वजनिक आह्वान गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ११ : ४० बजे

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध