१ बैशाख २०८२, सोमबार | April 14, 2025

निर्दयी छोराबुहारी, जिउँदै वृद्ध बुवालाई घना जङ्गलमा छाडेर फरार



विराटनगर । जन्म दिएको छोरा र घरबार चलाउन ल्याएको बुहारीले आफ्नै बाबुलाई घना जङ्गलमा छाडेर बेपत्ता भएका छन् । मोरङको बेलबारी ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेर बेपत्ता भएका हुन् ।

चार दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचमा छोडेको वृद्ध झागडले बताएका हुन । चारदिन पानीमात्र पिएर जङ्गलमै रात कटाएका उनलाई बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान भेटेर उद्धार गरेको छ ।

उनलाई सब डिभिजन वन कार्यालय सलकपुरका गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी चिसाङ साझेदारीको कमान्डर मुरारी काफ्ले तथा बेलबारी नगरपालिकाका सन्तोष विकसहितको टोलीले उद्धार गरेको हो ।

उद्धारपछि उनलाई बेलबारी नगर अस्पतालमा उपचार गराइरहेको वन समितिका अध्यक्ष दिनेश गिरीले बताए ।

‘चार दिनअगाडि नै बिच जंगलमा लगेर छाडिदिएका रहेछन् । वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनुभएछ,’ उनले भने, ‘छोराबुहारीले नै मोटरसाइकलमा बसाएर बिच जंगलमा लगेर छाडिदिएको उनले बताएका छन् ।’ वृद्धलाई प्राथमिक स्ट्रेचर बनाई गाडी पुग्ने स्थानसम्म ल्याएर उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।

वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको गिरीले बताए । बेलबारी नगरपालिका–७, डाँगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । घटनाको बारेमा सोधिखोजी सुरु गरेको उनले बताइन् ।

 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १० : ४६ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु