२३ भदौ २०८१, आइतबार | September 8, 2024

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रदेश कमिटीले केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन गरेका छन् । सम्बन्धित प्रदेशका ‘इन्चार्ज’लाई नेताहरूको सक्षमता र योगदानका आधारमा नाम सिफारिस गरी केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको थियो ।

प्रदेशबाट सिफारिस गरिएका नेताहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा समावेशी, भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रले मूल्याङ्कन गरी देशभरबाट दुई सय छ केन्द्रीय सदस्य थप गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । यही साउनभित्र केन्द्रीय कमिटी सदस्यलाई पूर्णता दिइने र सोही कमिटीले पदाधिकारी छनोट गर्ने छ । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् । कर्णाली र लुम्बिनी प्रदेशमा नाम सङ्कलन जारी छ । गत असार मसान्तसम्म केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरेको भए पनि प्राविधिक कारणले ढिला हुन गएको जनाइएको छ । पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५-४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।

केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि कार्यविधि तथा मापदण्ड बनाएर केही नेताहरूलाई पदाधिकारीको जिम्मेवारी तोकिने नेता पाण्डेले जानकारी दिए । पार्टीको प्रतिनिधिसभामा १० तथा राष्ट्रियसभामा आठ जना सांसद रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ११ : ०६ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर