२७ पुस २०८१, शनिबार | January 11, 2025

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित



धादिङ । धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका-१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो ।

गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिएका छन । “चारैतिरबाट पहिरोले घेरेको छ । गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ । एउटा घरको शौचालय बगिसक्यो”, उनले भने, “गएराति १२ बजेतिर पानी प¥यो, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ ।”

मकैबारीको भित्रभित्रै चिरा परेको छ । गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरु छ । एउटा भत्किने बित्तिकै सबै भत्किने खालको घरहरु छ । पहिरोको मुखमै परेको नोर्बु लामासहित तीन÷चार परिवारले राति नै घर खाली गरेको पूर्णलेले जानकारी दिए ।

उनका अनुसार बस्तीभन्दा तल्लो भागबाट बारीका गराहरु भासिन थालेका छन् । जमिन चिरा परेर बग्न थालेको छ । पहिरो झर्ने सङ्केत देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन खतरा बढेको जनाइएको छ । अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।

किचेत गाउँमा विशेष गरी तामाङ समुदायको बसोबास छ । सो गाउँ जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब ५५ किलोमिटरको दूरीमा छ । बर्खा लागेपछि सो स्थानमा पुग्न यातायात सेवा समेत अवरुद्ध हुने गर्दछ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १० : ४५ बजे

तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सुरु

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा रहेको तिनाउ

सकारात्मक सोंचनै सफलताको मार्ग होः मुख्यमन्त्री आचार्य

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोंचलेनै युवाहरुलाई

कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

हेटौडा । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको

देश विकास हुन नसक्नुको मूल कारण राजनीति : नारायणकाजी श्रेष्ठ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष

समान विचार भएकाहरूसँग एकता हुन्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समान