४ चैत्र २०८१, सोमबार | March 17, 2025

बैंककमा भानुजयन्ती



काठमाडौं । भानुजयन्तीका अवसरमा थाइल्याण्डमा रहेका नेपाली र नेपाली भाषीका सङ्घसंस्थाहरुको सहभागितामा आज एक कार्यक्रम आयोजना गरियो ।

त्यस अवसरमा राजदूत धनबहादुर वलीले नेपाली भाषा संस्कृतिको संरक्षण र सम्वद्र्धनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले नेपाली मूलका तथा विदेशमा रहेका नेपाली नागरिकका सन्ततिलाई नेपाली भाषा साहित्यका बारेमा जानकारी दिन, भाषा सिकाइ तथा प्रशिक्षणमा प्रोत्साहित गर्न यस वर्षदेखि भानुजयन्तीका अवसरमा सबै नेपाली तथा नेपाली भाषी सङ्घसंस्थासँगको सहकार्यमा भाषा साहित्य कार्यक्रम विशेष रूपमा आयोजना गर्नु उपयुक्त हुने र सो कामका लागि राजदूतावासबाट सधैँ सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

गैरआवासीय नेपाली सङ्घ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, थाई नेपाली सङ्घका अध्यक्ष लक्ष्मण केसी, भाषा साहित्य संस्थाका प्रतिनिधि तथा बालसाहित्यकार र कलाकारको सहभागिता रहेको उक्त कार्यक्रममा राजदूतावासका नियोग उपप्रमुख प्रकाश अधिकारीले समापन मन्तव्य राखेका थिए । कार्यक्रममा २५ जना साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा बाल साहित्यकारलाई नेपाली भाषसम्बन्धी पुस्तक वितरण गरिएको थियो ।

विश्वयुद्धपछि थाइल्याण्डको पिलोकमा बसोबास गरेका गोर्खा भर्तीका नेपाली तथा म्यान्माबाट विभिन्न समयमा बसाइँसरी थाइल्याण्ड गएका विभिन्न कालखण्डमा नेपाल, भारत, भूटानलगायत मुलुकबाट थाइल्याण्ड आई बसोबास गरेका नेपाली मूलका थाई नागरिकहरू, हाल थाइल्याण्डमा कामगरी बसेका नेपाली मूलका म्यान्माका नागरिकको उल्लेख्य सङ्ख्यामा नेपाली भाषीहरूको थाइल्याण्डमा बसोबास छ ।

लामो समयदेखि नेपालबाट अध्ययन, अध्यापन, व्यवसाय तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपाली छन् ।

 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  २ : ५५ बजे

विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग

काठमाडौं । विदेशमा कार्यरत नेपालीको जीउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय : आज १८ अर्बको ट्रेजरी बिल नवीकरण हुँदै

काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चैत ४ गते आज सोमबारका

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको काठमाडौँमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको

सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नुहुँदैन : जगप्रसाद शर्मा, राष्ट्रियसभा सदस्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक