२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

चिप्लिएको जहाज हटाउन नसक्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका उडान बन्द



भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर धावनमार्गको किनारमा पुगेको बुद्धएयरको जहाज हटाउन नसक्दा बिमानस्थलबाट आज बिहान हुने कुनैपनि उडान हुन सकेको छैन । जहाज चिप्लिँदा जहाज रनवेको छेउमा रोकिँदा बिमानस्थलबाट उडान हुन नसकेको हो ।

काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिएर रनवेबाट ५ मिटर बाहिर माटोमा पुगेको थियो ।

गएराती नै बुद्ध एयरको १५ जनाको प्राविधिक टोली आएर जहाज हटाएर मरमत गर्ने प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । आज बिहानै देखि रनवेबाट जहाज हटाउने प्रयास भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

अहिले काठमाडौंबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उनले बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ४३ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका