२ बैशाख २०८२, मंगलबार | April 15, 2025

होटल पौवाको आतिथ्य सत्कार अब सिन्धुलीको सुनकोशी किनारबाट



नेपालगन्ज । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै आएको होटल पौवा ग्रुपले विपी राजमार्ग अन्तर्गत सिन्धुलीको मुलकोटमा सेवा बिस्तार गर्ने भएको छ । नेपालका बिभिन्न क्षेत्रमा १३ वटा शाखा मार्फत सेवा दिँदै आएको पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा संचालन गर्ने भएको हो ।

काठमाडौंबाट ९० किलोमिटर पूर्व सुनकोशी नदीको किनारामा अवस्थित सिन्धुलीको मुलकोटबाट १४औं शाखा संचालन गर्न सम्झौता गरिएको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए ।

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष  भण्डारीले दाबी गरे । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले बताए । ‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’

१२ वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले १३ औं शाखाको रुपमा नेपालगन्जमा ५ तारे होटल निर्माणाधिन रहेको छ भने १४ औ शाखाकारुपमा सिन्धुलीमा संचालन हुन थालेको हो । २० करोड बढी लगानी रहेको मुलकोट शाखाबाट हाल २४ वटा रुम सहित स्वीमिङ पुलको सुबिधा, बाल उद्यान, फलफुलको बगैचा, स्नुकर, सेमिनार हलको सेवा उपलब्ध रहने पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले बताए । स्थानीय जातको लोकल कुखुरा र सुनकोशीको माछाका लागि मुलकोट यस अघि नै ख्याती कमाएको स्थल हो ।

‘मिसन १००’ को यात्रा

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकरात्मक धारणा बनाउने पौवाको प्रयास हो । एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिशन १०० योजना बनाएको होटल पौवा देशभरका बिभिन्न शहरका १२ स्थानमा संचालनमा रहेको छ ।

विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा प्राकृतिक रमणीयस्थल सिन्धली पुगेको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बथाए । रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पछि नेपालगन्जमा निर्माणाधिन सहित सिनधुलीमा १४ औं शाखा संचालन गर्ने भएको हो ।

पुर्वजबाटै सिक्दै आएको आतिथ्यताको सनातन संस्कारलाई अहिलेको पुस्ताले समेत ‘अतिथि देवो भवः’ मार्फत आत्मसात गर्न सक्छ भन्ने उद्देश्यले पौवाको स्थापना भएको पौवा ग्रुपका ब्राण्ड बिभाग प्रमुख बिष्णु भण्डारीले बताए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १० : ०१ बजे

सहकारी समस्याबारे राष्ट्रपतिको चासो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो

China tells airlines to suspend Boeing jet deliveries

Beijing: China has told its airlines to stop taking deliveries

बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्री कार्यसमितिको बैठक बोलाएको छ । वैशाख

पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

बन्दीपुर । विक्रम संवत् २०८१ मा दुई लाख पर्यटकले बन्दीपुर