२३ भदौ २०८१, आइतबार | September 8, 2024

‘नेपाल करी सेफ’ गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर



काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रवर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४’ आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिबल’ मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् ।

प्रतियोगिता विश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिबल’ सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र इतिहासलाई विश्वभर चिनाइने लक्ष्य लिइएको छ ।

नेपाली खानाको परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन तथा नेपाली सेफहरुको प्रतिभा चिनाउन प्रतियोगिता आयोजना गरिएको नेपालको लोकप्रिय चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका सिइओ सन्तोष न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताले नेपाली सेफहरूको प्रतिभा र सीप प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि पनि सहयोग पुर्‍याउने न्यौपानेको भनाइ छ ।

नेपाल पर्यटन बोर्ड समेतको आवद्धतामा आयोजना गरिएको प्रतियोगितामा सहभागी हुन इच्छुकले सिद्धार्थ ग्रुप अन्तर्गतका विभिन्न होटल, रेस्टुरेन्ट तथा क्याफेहरु मार्फत आवेदन दर्ता गर्न सक्छन् । साथै इसेवामा नेपाल करि शेफ अफ द इयर सर्च गरि अनलाइन फारम भरेर पनि सहभागी हुन सकिने कार्यक्रम संयोजक दुर्गादत्त पन्तले बताए ।

आन्तरिक प्रतियोगितामा छनौट भएकाहरुको अन्तिम चरणको प्रतिस्पर्धा र बिजेता घोषणा अगस्ट २४ मा काठमाडौंमा हुनेछ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ४ : ३८ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर