१२ माघ २०८१, शनिबार | January 26, 2025

मुकुल ढकाललाई पदमुक्त गर्ने रास्वपाको निर्णय



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा। मुकुल ढकाललाई कारबाही गरेको छ ।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ ।

अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपनि केन्द्रीय समितिले उनलाई साधारण सदस्यबाट भने नहटाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

केन्द्रीय समितिले ढकाललाई केन्द्रीय समितिको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन सक्ने निर्णय गरेको छ ।

असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

आफुलाई निलम्बन गरेपछि ढकालले भने आफुलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारवाही गरेको गुनासो गरेका थिए ।

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : ५२ बजे

शीतलहरसम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण

काठमाडौँ । तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली

‘भन्सार विधेयक संशोधनको तयारी भइरहेको छ’

भैरहवा । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक

नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा बढे दर्शक, भोलि नायक पल शाह आउँदै

नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को तेस्रो दिन

संसद् अधिवेशनमा एकढिका भएर प्रस्तुत हुन देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको

औपचारिक कार्यक्रममा खादा र माला प्रयोग नगर्ने बुटवल उपमहानगरपालिकाको निर्णय

बुटवल । बुटवल उपमहानगरपालिकाले औपचारिक कार्यक्रममा खादा र माला प्रयोगमा