३० चैत्र २०८१, शनिबार | April 12, 2025

कर्णालीका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध



हुम्ला । लगातार पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ ।

यही असार १९ गतेयता कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार डोल्पा, मुगु, जुम्ला र हुम्लामा हवाई उडान अवरुद्ध छ ।

नेपालगञ्जबाट तारा, सीता र समिट एयरको जहाजले हिमाली चार जिल्लाका लागि उडान भर्ने तयारी गरे पनि मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो ।

हवाईसेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने तयारी गरेका पर्यटकहरू चीनको ताक्लाकोटबाट तिब्बती हुँदै केरुङ हुँदै काठमाडौं फर्किएका छन् । मानसरोवर कैलाशको दर्शन गरेर फर्केका आठ जना भने सिमकोटबाट हेलिकप्टरबाट नेपालगञ्ज फर्कनेका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ५ : ४६ बजे

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले

चारदेशीय टी-२० सिरिज : फाइनलमा पुग्न आज हङकङको सामना गर्दै नेपाल

काठमाडौं । चारदेशीय टी-२० आई सिरिजको समूह चरणको अन्तिम खेलमा

आईपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी

काठमाडौं । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए

पोखरामा आजदेखि फेवा महोत्सव सुरु हुँदै

कास्की । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन