१३ श्रावण २०८१, आइतबार | July 28, 2024

प्रधानमन्त्रीसमक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन’ प्रस्तुत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ । महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कानुनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्र्दै प्राप्त सुझावलाई सरकारले गम्भीर रूपमा लिएर अगाडि बढाउने बताए ।

प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र फौजदारी कसुर सजाए निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लगायत विभिन्न विषयत फौजदारी कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिइएको छ ।

महान्यायाधिवक्ता पोखरलेले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर फौजदारी, कार्यविधि, दण्डसजाँइ र संस्थागत सुधारका विषयमा कार्यदलले प्रतिवेदन तयार पारेको र यसले नीतिगत सुधारमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे ।

विसं २०८० माघ १८ गते कार्यदल गठन गरिएको थियो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : १३ बजे

पेरिस ओलम्पिक : अहिलेसम्म २० देशले जिते पदक

काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका

डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । गए

होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा महेन्द्र श्रेष्ठ

नेपालगन्ज । होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा महेन्द्र श्रेष्ठ

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक बोलाइयो

काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय