२२ असार २०८१, शनिबार | July 6, 2024

संविधान संशोधनमा जाँदा राजनीतिक परिवर्तनमा ठुलो खतरा आउन सक्छ : उपाध्यक्ष ज्ञवाली

'एमाले-कांग्रेसको सहमतिबाट राप्रपा जस्ता शक्ति उत्साहित बनेका छन्'



नेपालगन्ज । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नयाँ सरकार गठन हुनु पूर्व संविधान संशोधनको विषय वस्तु खुल्नु पर्ने बताएका छन् । खबरकुरासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले संविधानका कुन धारा संशोधन गर्नु पर्ने हो ? त्यसलाई सरकार गठन हुनु पूर्व किटान गर्नु पर्ने बताएका हुन् ।

उनले निरपेक्ष संविधान संशोधनका कुराले परिवर्तन र अग्रगमनको एजेण्डालाई खतरा हुने बताउँदै एमाले-कांग्रेसबीच भएको संविधान संशोधनको सहमतिबाट राप्रपा जस्ता शक्तिहरु उत्साहित भएको बताए । उनले कांग्रेस भित्रै धर्मनिरपेक्ष, संघीयता, समावेशी र समानुपातिक प्रक्रियाका विपक्षमा आवाज उठिरहेका बेला संबिधान संशोधनको विषय नखुलाई सरकार गठन गर्दा समस्या आउन सक्ने बताए । ‘संविधान संशोधनका विषयमा फुकिफुकि हिँड्न जरुरी छ, अन्यथा परिवर्तनलाई खतरा पुग्न सक्छ,’ उनले भने, ‘बैठकमा संविधान संशोधनको विषय नखुलाई आवश्यक संशोधन गर्ने गरि सहमति भएको कुरा आयो ।’ नयाँ सरकार गठन गर्दै गर्दा अति आवश्यक बाहेकको अवस्थामा संबिधान चलाउन खोज्दा ठुलो खतरा आउन सक्ने उपाध्यक्ष ज्ञवालीले औल्याए ।

एमाले बहुदलिय व्यवस्थाको पक्षपाति पार्टी भएको स्पष्ट पार्दै उपाध्यक्ष ज्ञवालीले दुई पार्टीको शासनलाई एमालेको सिद्धान्तले स्वीकार नगर्ने बताए । दशौं महाधिवेशनले पनि बहुदलिय जनवादलाई सिद्धान्तका रुपमा स्वीकार गरेका कारण एमाले दुई दलिय नभई बहुदलिय प्रतिस्पर्धाको सिद्धान्त बोकेको पार्टी भएको उनले बताए ।

पार्टी महासचिव शंकर पोखरेलले नेपालमा स्थायित्वका लागि दुई पार्टी बाहेकको आवश्यकता नरहेको अभिब्यक्ति दिएको सन्दर्भमा खबरकुराको जिज्ञासामा ज्ञवालीले दुई पार्टी शासन कसैको निजी विचार हुन सकेपनि एमालेको विचार नभएको बताए । महासचिवको धारणालाई उनले निजी विचार भएको टिप्पणी गरे ।

एमाले, माओवादी र एमालेबीचको गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा रहेको अवस्थामा अकस्मात घटनाक्रम परिवर्तन भएको उनले बताए । एमाले माओवादी गठबन्धन सरकारले केही सकारात्मक सन्देश जनतामा दिन सकेको उल्लेख गर्दै चरम निरासामा पुगेका जनतालाई माओवादी सहितको गठबन्धनबाट केही आशा पलाउने अवस्थामा पुगेका बेला परिस्थिती परिवर्तन आएको उनले दाबी गरे । उपाध्यक्ष ज्ञवालीले माओवादी सहितको गठबन्धनबाट राम्रो कामहरु गराउने र पार्टीले आन्तरिक संगठनलाई बलियो बनाएर आगामी निर्वाचनमा एमालेलाई बहुमतमा पुर्याउने लक्ष्यका साथ एमाले अगाडि बढिरहेकाबेला अवस्था परिवर्तन भएको बताए । ठुलो प्रयासबाट मात्र एमाले माओवादीबीच गठबन्धन बन्न सकेको उनले स्मरण गरे ।

एमालेलाई एक्लाउने षडयन्त्रलाई चिरेर एमालेलाई अनुकुल हुने गरि प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको उनले बताए । सरकारले राम्रो काम गरेर अगाडि बढिरहेको अवस्थामा सोही गठबन्धनलाई टिकाएर राख्दा नै एमालेलाई फाइदा पुग्ने अवस्था रहेको ज्ञवालीले बताए ।

एमाले माओवादीको समिकरण सहजढंगले चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले भित्रभित्रै कांग्रेससँग गठबन्धन गर्ने सम्बाद चलाएको भन्ने कुरा कांग्रेसकै नेताहरुबाट आएपछि अवस्थामा परिवर्तन आएको उपाध्यक्ष ज्ञवालीले बताए । कांग्रेसका नेताहरुले भनेकै आधारमा विश्वास गर्न सकिन्थ्यो ? भन्ने खबरकुराको प्रश्नमा कांग्रेस नेताहरुको भनाई र प्रधानमन्त्री प्रचण्डको क्रियाकलापबाट थुप्रै शंका गर्न सक्ने आधार भेटिएको उनले बताए ।

दुई ठुला प्रतिस्पर्धी पार्टीबीच समिकरण बन्नु संसदीय व्यवस्थामा राम्रो नमानिएपनि विशेष परिस्थितीमा गठबन्धन हुन सक्ने उनले बताए । नेपालमा यस्तो अभ्यास पटक पटक भइरहेको उनले बताए । प्रमुख प्रतिपक्षबिनाको संसदीय व्यवस्थाको भने कल्पना गर्न नसकिने उनले स्पष्ट पारे । एमाले मल्टिपार्टी डेमोक्रेशीमा विस्वास गर्ने पार्टी भएको बताउँदै उनले नेपालमा बिभिन्न भाषा, जाती, सम्प्रदाय, विचार बोकेका सबै शक्तिहरुलाई राजनीतिक प्रतिस्पर्धा गर्न दिनु पर्ने उनले धारणा राखे । एमालेले बहुदलियता सहित बहुलवादलाई समेत स्वीकार गरेको अवस्थामा अन्य विषय हुन नसक्ने बताए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ४१ बजे

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु

बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा

दाङ । बाढीमा परी यहाँ एक जना बेपत्ता भएका छन्

कालीगण्डकी र सेतीखोलामा बहाव बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा

पर्वत । केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम

मधेस मुख्यमन्त्रीद्वारा छजना मन्त्री पदमुक्त

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना

मधेश सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिदै

जनकपुरधाम । मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन्