२२ असार २०८१, शनिबार | July 6, 2024

एमालेद्वारा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ । केहीबेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको हो ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने विश्वास रहेकोमा त्यसो नभएको बताए ।

उनले प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गर्न लागेको बताए ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : १४ बजे

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने रिलिज

काठमाडौं । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम

सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि बुटवल पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । रातीदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ

अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको

पोर्चुगललाइ पराजित गर्दै फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको