२३ भदौ २०८१, आइतबार | September 8, 2024

शौच गर्न गएकी महिलालाई खोलाले बगाउँदा मृत्यु



दाङ । तुलसीपुर उपमहानगरपालिका–३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । सोही वडाको रानागाउँ बस्ने ५१ वर्षीया ताराकुमारी गुरुङलाई आज खोलाले बगाउँदा मृत्यु भएको हो ।

गुरुङको शव परीक्षणका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

खेतमा काम गर्न गएकी उनी शौच गर्न खोलातर्फ गएकी थिइन् । खोलामा एक्कासी आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : ५६ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर