१९ असार २०८१, बुधबार | July 3, 2024

म अस्थिर छैन, गतिशील छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीले आफ्नो महाधिवेशन प्रतिवेदनमा आफ्नो बारेमा ‘अस्थिर’ भनेर टिप्पणी गरेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफु अस्थिर नभएर गतिशील रहेको दाबी गरेका छन् ।

उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद भएको बताउदै आफु अस्थिर नरहेको जिकिर गरे । उनले भने- ‘आज नेपाल संविधानसभामा गयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो। शान्ति प्रक्रियामा गयो । प्रचण्ड अस्थिर नभएको भए हुँदैनथ्यो। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुँदैनथ्यो ।’

साथै उनले किलोजस्तै ठोकिएर बस्नु मार्क्सवाद हो कि ? जमेको पोखरीजस्तो मार्क्सवाद हो ? भन्दै प्रश्न समेत गरेका थिए । उनले अगाडी भने- ‘माओवादी आन्दोलनसँग जोडिएका साथी, यहाँ विप्लवजी पनि हुनुहुन्छ। एक ठाउँमा बस्ने भन्ने हुँदैन। हामी दौडिराख्या हुन्छौं, हामी दौडिराख्या हुन्छौं ।’

कार्यक्रममा उनले नेकपा(एस) र नेकपा(माओवादी केन्द्र) एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै देशका सबै देशभक्त र क्रान्तिकारीहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : ४९ बजे

मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन : सिआइबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मानिस पक्राउ गर्न

काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई आठ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा

‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’

बर्दिया । लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको

एमालेका मन्त्रीहरुले बालुवाटार पुगेर बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई

चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने सम्झौता

काठमाडौ । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे