१७ असार २०८१, सोमबार | July 2, 2024

टी-२० विश्वकप : भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको चुनौती



काठमाडौं । ओपनर विराट कोहलीको अर्धशतकप्रेरित भारतले आईसीसी टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार ब्रिजटाउनमा टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको हो ।

भारतबाट कोहलीले ७६ रन बनाए । उनले ५९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कोहलीले ३४-३ को अवस्थाबाट अक्षर पटेलसँग चौथो विकेटका निम्ति ७४ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पटेलले ३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन बनाए ।

कोहलीले १०६-४ को अवस्थाबाट पाँचौँ विकेटका निम्ति ५७ रनको साझेदारी गरेपछि भारत बलियो योगफलसम्म पुगेको हो । शिवम दुवेले १६ बलमा तीन चौका र एक छक्कासहित २७ रन जोडे ।

दक्षिण अफ्रिकाका केशव महारेज र एनरिक नोर्ट्जेले दुई/दुई विकेट लिए । मार्को जान्सेन र कगिसो रबाडाले समान एक विकेट लिए ।

टी-२० विश्वकपको इतिहासमा भारत तेस्रोर दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा आएका हुन् । जारी विश्वकपमा फाइनलसम्मको यात्रा तय गर्दा दुवै टिम हारेका छैनन् । टी-२० विश्वकपको इतिहासमा पहिलोपटक दुवै टिम अपराजित रहँदै फाइनलसम्म आएका हुन् ।

क्रिकेटको सबैभन्दा सानो संरचनाको यो विश्वकपले पहिलोपटक अपराजित विश्व च्याम्पियन पाउने निश्चित छ । दुवै टिम अपराजित रहँदै विश्वकपको नवौँ संस्करणको च्याम्पियन बन्ने लक्ष्यमा छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १० : ०७ बजे

रोल्पामा जिप दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको

एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी

बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा

बुटवल । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी