१७ असार २०८१, सोमबार | July 1, 2024

पहिरोपीडितलाई आर्थिक सहयोग



स्याङ्जा । पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ । गएराति फेदीखोला गाउँपालिका-५ बाङ्गेमा पहिरोले घर पुरिँदा आमा ३१ वर्षीया दुर्गा जिसी र उनकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा, जिल्ला अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल पुगरे रु १५ प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी नेपालले पीडित परिवारलाई सङ्घीय सरकारबाट प्रदान गरिएको रकम हस्तान्तरण गरेका हुन ।

प्रहरी उपरीक्षक शर्माले पीडित परिवारलाई थप सहायता रकम प्रदान गरिने जानकारी दिँदै आमाछोरीको शव परीक्षणपछि उनीहरुका आफन्तलाई हस्तान्तरण गरिएको जानकारी दिए । पहिरोले ढुङ्गा, माटो र जस्तापाताले छाएको एकतले घर र घरनजिकै रहेको गोठ पुरिएको थियो । पहिरामा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १ : २० बजे

बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा

बुटवल । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी

बाँकेको खजुरामा २ सय जनालाई आत्मनिर्भरताको तालिम

खजुरा । बाँकेको खजुरामा २ सय जना युवाहरुलाई आत्मनिर्भरताको तालिम

मन्त्रीहरुलाई बालकोट बोलाएको खबर सत्य होइन- ओलीको सचिवालय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आफ्ना