१७ असार २०८१, सोमबार | July 1, 2024

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव



काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर पूर्णतया बदली रही मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : ०५ बजे

बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा

बुटवल । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी

बाँकेको खजुरामा २ सय जनालाई आत्मनिर्भरताको तालिम

खजुरा । बाँकेको खजुरामा २ सय जना युवाहरुलाई आत्मनिर्भरताको तालिम

मन्त्रीहरुलाई बालकोट बोलाएको खबर सत्य होइन- ओलीको सचिवालय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आफ्ना