१७ असार २०८१, सोमबार | July 2, 2024

नेपालगन्जमा हत्या गरिएकी २२ वर्षिया सुमदरानीको हत्या अभियोगमा एकजना पक्राउ



नेपालगन्ज । हत्या भएको १५ महिनामा बाँके प्रहरीले हत्या अभियोग लागि फरार रहेका एकजनालाई पक्राउ गरेको छ । गत वर्षको बैशाख २९ गते नेपालगन्जमा घाँटी रेटी हत्या गरिएकी सुमदरानी थारुको हत्या अभियोगमा बाँके प्रहरीले आज एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका ८ घर भएका २६ वर्षिय शैलेन्द्र चौधरी रहेका छन् । उनलाई बाँके जानकी १ पचपोखरा स्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत बैशाखमा नेपालगंज उप(महानगरपालिका ९ स्थित कोठा भाडामा लिई बस्दै आएकी कोहलपुर ६ घर भएकी २२ वर्षिया सुमदरानी थारुलाई घाँटी रेटी कर्तव्य गरी शैलेन्द्र फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलिले शैलेन्द्रलाई जानकी १ पचपोखरा स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारयण डाँगीले बताए

पक्राउ परेका चौधरीलाई बाँके जिल्ला अदालबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : ३१ बजे

रोल्पामा जिप दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको

एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी

बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा

बुटवल । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी